लम्की दुर्घटना अपडेट : गम्भिर घाईते दुई जनाको मृत्यु

धनगढी। कैलाली लम्कीमा हाईस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु‍ भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार साँझ सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.