कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्योलमा, किसान आक्रोसित

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा अवस्थित ऐतिहासिक गुर्गी सिँचाइ बाँध निर्माण कार्य अन्योलमा परेको भन्दै स्थानीय किसानहरूले आक्रोस व्यक्त गरेका छन् ।
गुर्गी सिँचाइ बाँध निर्माण संर्घष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरेर यस्तो आक्रोस व्यक्त गरेको हो । हजारौँ किसानको जनजीविकासँग जोडिएको उक्त सिँचाइ आयोजना लामो समयदेखि चर्चामा रहे पनि कार्यान्वयनमा ढिलाइ हुँदा अपेक्षित लाभ लिन नसकिएको समितिका संयोजक बाबुराम चौधरीले बताए । सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि काम अघि नबढ्दा किसानहरूले राज्यप्रति निराशा व्यक्त गरेका छन् । प्रदेश सरकारले योजनामा नै पारेको योजना अहिले आएर एकाएक कटौती गरेपछि स्थानीयहरु चिन्तित बनेको उनले बताए ।

चालु आर्थिक वर्ष २०८२ \८३ मा प्रदेश सरकारले गुर्गी सिँचाइ आयोजनाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यससँगै कैलारी गाउँपालिका–७ स्थित बसन्ता र नारायणपुर जोड्ने कटेनी नदीमा पक्की पुल निर्माणका लागि ५५ लाख रुपैयाँ छुट्याइएको थियो ।
तर, आर्थिक मामिला मन्त्रालयको पछिल्लो निर्णयपछि सिँचाइ बाँध र पुल निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित नहुँदा योजना अनिश्चित बनेको स्थानीयहरूको भनाइ छ । यसले क्षेत्रका हजारौँ किसानको भविष्यमा प्रत्यक्ष असर पार्ने उनीहरूको ठहर छ ।
किसानहरूले सिँचाइको पानीलाई आफ्नो मौलिक अधिकारको रूपमा लिँदै काम गर्ने, खाद्य सुरक्षा र रोजगारीको हक सुनिश्चित गर्न माग गरेका छन् । ‘सिँचाई आयोजना मागहरू राज्यसँग भीख मागेका होइनन्, अधिकारको रूपमा खोजिएको हो’, संयोजक चौधरीले पत्रकार सम्मेलनमा भने ।

पत्रकार सम्मेलनमा गुर्गी बाँध सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष भीमाराज चौधरीले जतिसक्दो सिँचाई आयोजना र पुल निर्माण कार्य शीघ्र अघि बढाउन माग गरेका छन । माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनले चेतावनी समेत दिइएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.