नवजीवनका संस्थापक अध्यक्ष कोईरालाको श्रद्धाञ्जली सभा कार्यक्रम

धनगढी  : नवजीवन सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष दिनेश कोईरालाको निधनको १३ औं दिनको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

१३ औं दिनको पुण्य तिथिको अवसरमा नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष देव बहादुर बम, संचालक समितिका सदस्यहरु जय राज जोशी, गोपाल पाठक, महाप्रबन्धक डम्बर सिंह गुरु भैरहवा स्थित स्वर्गीय कोईरालाको घरमा गई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

१३ दिनको पुण्यतिथिको श्रद्धाञ्जली सभामा नवजीवन सहकारी संस्थालाई यो उचाई सम्म पु¥याउन उहाँको महत्वपूर्ण योगदान रहेको वर्तमान अध्यक्ष बमले बताए । संस्थाका लागि स्वर्गीय कोईरालाले महत्वपूर्ण योगदान दिनु भएकोमा उहाँको सम्मान तथा कदर गर्दै नवजीवनले आफ्ना शेयर सदस्य तथा सदस्यहरुका छोरा छोरीहरुलाई हाल प्रदान गर्दै आएको छात्रवृत्ति सेवाको नाम अब उप्रान्त नवजीवन सहकारी दिनेश काईराला छात्रवृत्ति कायम गरेको छ ।

वि.सं १९९२ माघ १७ गते जन्मेएका कोईरालाको ९३ वर्षको उमेरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ कोटिहवामा निधन भएको थियो ।
नवजीवन सहकारी संस्थाका अध्यक्ष कोईरालाले वि.सं २०५० जेठ २८ गते देखि २०५१ असोज १ गतेसम्म कार्यकाल सफल रुपमा सम्पन्न गरेको संस्थाका वर्तमान अध्यक्ष देव बहादुर बमले जानकारी दिए ।

उनको कार्यकालमा नेपालका सहकारीहरु मध्ये नवजीवन सहकारी संस्थालाई राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न ईजाजत स्वीकृती प्रदान गरिएको थियो । साथै उनको कार्यकालमा वि.सं २०५० साल मंसिर ३० गते नवजीवन सहकारी संस्थाको मुख्य कार्यालयको भवन उद्घाटन गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.