गोदावरी नगर वडा नं. १२ : भवन निर्माणमा निःशुल्क जग्गा प्रदान गर्ने व्यक्ति सम्मानित

अत्तरिया : गोदावरी नगरपालिका वडा नं १२ को नवनिर्मित भवन निर्माण गर्नका लागि निःशुल्क जग्गा प्रदान गर्ने व्यक्तिलाई सम्मानित गरिएको छ । सोमवार नवनिर्मित वडा भवनको उद्घाटन समारोहमा गोदावरी नगरपालिका वडा नं. १२ निवासी शेरबहादुर लुहार वि क र वडा नं ११ निवासी प्रेम बहादुर बडैलालाई नगर प्रमुख बिरेन्द्र भट्टले दोसल्ला ओढाएर सम्मानित गरेको हो ।

जग्गा निःशुल्क उपलब्ध गराउने व्यक्तित्वहरुको नाम नवनिर्मित वडा कार्यालय भवनको अगाडिको प्राङ्गणको शिलालेखमा लेखिएको छ । शिलालेखमा नाम लेखिएको अनुसार जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं १२ को नवनिर्मित वडा कार्यालय भवनका लागि निःशुल्क जग्गा प्रदान गर्ने गोदावरी नगरपालिका वडा नं. १२ निवासी स्व. नर बहादुर लुहारको छोरा शेर बहादुर लूहार वि क र गोदावरी नगरपालिका वडा नं ११ निवासी स्व. विर बहादुर बडैलाको छोरा प्रेम बहादुर बडैला द्वयले जग्गा प्रदान गर्नुभएकोमा स धन्यबाद साथै कृतज्ञता व्यक्त गरिन्छ भनेर लेखिएको छ ।

उद्घाटन समारोहमा नगर प्रमुख बिरेन्द्र भट्टले यस भवन निर्माणका लागि जग्गा दान गर्ने दाताप्रति र समय अवधि भित्र निर्माण सम्पन्न गर्ने निर्माण व्यावसायी धन्यबाद व्यक्त गरे । उनले वडा कार्यालय भवन निर्माण भएसंगै नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह हुने विश्वास गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.