काठमाडौं – बुटवलस्थित इन्दु लेखा स्वास्थ्य क्लिनिकमा गर्भवतीको मृत्यु भएको घटना अनुसन्धानको लागी प्रहरीले दुई जना चिकित्सकसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
गर्भपतनको क्रममा वैशाख ६ मा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको थियो । सो घटनामा जोडिएका बुटवल स्थित खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकमा कार्यरत दुई जना महिला र एकजना पुरुष नर्सिङ स्टाफ छन् ।
३ जनालाई अनुसन्धानको लागि पक्राउ गरिएको र दुई जना चिकित्सक आफैँ प्रहरीको सम्पर्कमा आएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बताए ।
मृतकका पति प्रकाश पाण्डेले गीताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरबाही गरेको आरोप लगाएर डा। खत्री र रुपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले बताए ।