सुदूरपश्चिममा १३ लाख ३९ हजार थान पाठ्यपुस्तक बिक्री

धनगढी  : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिममा १३ लाख ३९ हजार ३९८ थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ । नयाँ शैक्षिकसत्र २०८३ का लागि प्रदेशका नौ जिल्लामा केन्द्रले पाठ्यपुस्तक बिक्री वितरण गरेको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्मलकुमार यादवका अनुसार उक्त पाठ्यपुस्तक बिक्री वितरणबाट १८ करोड ३१ लाख ८९ हजार ४९४ रुपैँया बराबरको कारोबार भएको छ ।

‘पाठ्यपुस्तक विक्री वितरण लगभग अन्तिम चरणमा पुगेको छ । पहाडी जिल्ला करिब ८५ प्रतिशत तथा कैलाली र कञ्चनपुरमा ७० प्रतिशतसम्म पाठ्यपुस्तक पुगिसकेका छन्’ उनले भने ‘वैशाख १५ गतेभित्र सबै ठाउँका विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्छ ।’

केन्द्रले नयाँ शैक्षिकसत्र २०८३ का लागि प्रदेशभरी करिब १७ लाख पाठ्यपुस्तक बिक्री वितरण गर्ने लक्ष्य लिएको उनले बताए । केन्द्रले गत चैत १६ गतेबाट पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको तथा सबैभन्दा पहिला विकट जिल्ला बाजुरा र दार्चुलामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको उनले जानकारी दिए । गत शैक्षिकसत्र २०८२ मा केन्द्रले यस प्रदेशमा १६ लाख २९ हजार ३ सय ६३ थान पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । जसबाट २१ करोड ९३ लाख ७३ हजार ४ सय ९४ बराबरको कारोबार भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.