जानकी गाउँपालिकाको नहरमा बृद्ध मृत भेटिए

धनगढी : जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

शनिबार जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारुको शव नहरमा फेला परेको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.