बाजुरामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु

बाजुरा  : बाजुराको जगनाथ गाउँपालिका–६, लैफुडाँडाको भीरमा डोजर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–२, बस्ने वर्ष १८ का महेश रावल छन्। आइतबार बिहान बाजुराको जगन्नाथ गाउँपालिका–६, लैफुडाँडास्थित कर्णाली कोरिडोर सडकको भीरबाट डोजर दुर्घटना हुँदा रावलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले, कर्णाली प्रदेश ३–०१–००३ क। ६३११ नम्बरको डोजर अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल भिरमा खसेपछि रावलको मृत्यु भएको जानकारी दिए।

दुर्घटनाग्रस्त डोजर कालिकोट जिल्लाको पलातागाउँपालिका–७ निवासी कल बमको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी शाहीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.