अत्तरिया : अत्तरिया साना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७ औँ साधारण सभा अन्तर्गत आज उम्मेदवारी मनोनयन प्रक्रिया भैरहेको छ ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा राजेन्द्र खड्का नेतृत्वको टिमले उम्मेदवारी दर्ता गराएको छ। उक्त टिममा उपाध्यक्षमा लक्ष्मण कठायत, महासचिवमा धर्म सिंह कुँवर , कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्र नाथ योगी रहेका छन् ।
यस्तै उल्त टिमको सदस्यमा रमेश कडायत , बीर बहादुर बिस्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देबी साउँद , खिमा देबी ओझा र राधा बिष्ट कुँवर रहेका छन् ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी मनोनयन दर्ताको समय आज ४ बजेसम्म निर्धारण गरिएको थियो। साधारण सभा अन्तर्गत संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही वैशाख २६ गते मतदान हुने कार्यक्रम तय गरिएको छ। संस्थामा प्रत्यक्ष निर्वाचित ११ सदस्य रहने व्यवस्था भए पनि निवर्तमान पदाधिकारी र कार्यालय प्रमुखसहित कुल १३ सदस्यीय कार्यसमिति गठन हुने जनाइएको छ। संस्थाका ५ हजार ७ सय ४२ उपभोक्ता (मतदाता) रहेका छन् ।