यस्तो छ आजको मौसमा पर्वानुमान

काठमाडौं । आज कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानहरूमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, मधेसलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको पूर्वानुमान गरेको छ । कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा सम्भावना छ, विभागले भनेको छ ।

विभागका अनुसार, दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकीलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

राति, कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशको धेरै स्थानहरूमा र मधेस, वागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.