बाजुरामा भैँसी चराउन गएका एक जना बालकको मृत्यु

बाजुरा : बाजुराको बडीमालिका नगरपालिकामा भैँसी चराउन गएका एक जना बालकको मृत्यु भएको छ। बडीमालिका नगरपालिका–६ कोर्धको मुनातोला लेकमा मावली घरको भैँसी चराउन गएका १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो।

भैँसी चराउन गएका बडुवालले भैँसीको पुच्छरमा डोरी बाँधेर आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्न खोज्दा बालकको टाउको ढुङ्गामा लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले जानकारी दिए।

उनका अनुसार मृतक बालकका आमाबुबा रोजगारीको सिलसिलामा भारतमा छन्। यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले भने घटनाको बारेमा हालसम्म प्रहरीमा कुनै जानकारी नआएको बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.