अत्तरिया : कैलालीको दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयमा कक्षा ६ देखि ९ सम्मका लागि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानप्रति उल्लेखनीय आकर्षण देखिएको छ। भर्ना अभियान अन्तर्गत विद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरू प्रवेश परीक्षामा उत्साहपूर्वक सहभागी भएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईका अनुसार यस वर्ष इन्ट्रान्स परीक्षामा सहभागी विद्यार्थीहरूको सङ्ख्या सन्तोषजनक रहेको छ, जसले विद्यालयप्रति अभिभावक र विद्यार्थीहरूको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। यस अवसरमा विद्यालयले सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त विश्वासलाई सधैं कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो शैक्षिक गरिमा अझ उचाइमा पुर्याउने लक्ष्यसहित आगामी दिनहरूमा पनि निरन्तर प्रयास गर्ने जनाएको छ।