बुढीतोलामा आजदेखि पर्यटन महोत्सव

अत्तरिया : पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ बुढीतोला क्षेत्रमा आज (बिहीबार) देखि “पर्यटन मेला तथा महोत्सव” सुरु हुँदै छ । महोत्सवको उद्घाटन नगर प्रमुख विरेन्द्र भट्टले गर्ने कार्यक्रम तय भएको छ । महोत्सव ७ दिन सम्म सञ्चालन हुनेछ ।
बुढीतोला क्षेत्र पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा यहि बैशाख २३ गतेसम्म सञ्चालन हुने छ । महोत्सव विशुद्ध रूपमा गैर–नाफामुखी रहेको आयोजकले जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयार पुरा भएको जनाएको छ । महोत्सव समितिका संयोजक हरिदत्त भट्टराईका अनुसार बुढीतोला क्षेत्रको पर्यटन सम्भावनालाई व्यवस्थित रूपमा अगाडि बढाउँदै स्थानीय उत्पादन, कला, संस्कृति तथा व्यवसाय प्रवद्र्धन गर्ने मुख्य लक्ष्य राखिएको छ ।

उद्घाटनको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिने छ । जसमा विभिन्न विद्यालय, समूह तथा सांस्कृतिक झाँकीहरूले स्थानीय भेषभूषा झल्काउँदै सहभागिता जनाएको छ ।

महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले स्थानीय उत्पादन, पहाडी क्षेत्रका प्राकृतिक सौन्दर्य, तथा सांस्कृतिक झल्को प्रस्तुत गरिनेछ । साथै, गोदावरी धामको मुख्य स्थल पदमार्ग हुँदै सहस्त्रधारा जाने मार्ग बुढीतोलाबाटै जाने भएकाले यस क्षेत्रको प्रवद्र्धनमा महोत्सवले टेवा पुग्ने विश्वास गरिएको छ ।

त्यसैगरी, चुरे क्षेत्रको सबैभन्दा उच्च स्थानमध्ये एक कम्पासे धुराको प्रचार–प्रसार गर्ने अवसर पनि महोत्सवले प्रदान गर्ने आयोजकको भनाइ छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ भने करिब ६० भन्दा बढी स्टलहरूमा व्यवसाय, शिक्षा तथा सीप विकाससम्बन्धी सामग्रीहरू प्रदर्शन गरिएका छन् ।
टिकट शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यस कार्यक्रमले पर्यटन वृद्धि, लगानी आकर्षण तथा क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेको हो ।
बुढीतोला क्षेत्र पर्यटकहरूको लागि एक उत्कृष्ट गन्तव्य हो । धार्मिक दृष्टिकोणले समेत यो क्षेत्र अत्यन्तै पवित्र मानिन्छ, किनकि गोदावरी धामको उद्गम स्थल नै बुढीतोलामा रहेको छ । महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै यस अवसरमा स्थानीय उत्पादन, कला, संस्कृति तथा परम्परागत भेषभूषा प्रदर्शन गर्न सकिएमा क्षेत्रको समग्र विकासमा टेवा पुग्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.