कर्तव्य ज्यान मुद्धामा फरार गोदावरीका एक पुरुष २६ वर्ष पछि पक्राउ

अत्तरिया : कर्तव्य ज्यान मुद्धामा फरार रहेका कैलालीको गोदावरी नगरपालिकाका एक जना २६ वर्षपछि पक्राउ परेका छन । बुधबार इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोष्ट ओलानीबाट खटि गएको प्रहरी टोलीले गोदावरी नगरपालिका– ११ ओलानीका ५९ वर्षिय काले कामीलाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कैलालीबाट दोषि ठहर भएका उनी बारदात भएको समय मिति २०५६ साल असार ११ गते देखी भागी फरार रहेका थिए । उनलाई अदालतले ७ वर्ष १ महिना १४ दिन कैद फैसला सुनाएको थियो ।

२६ वर्ष १० महिना ५ दिन अघि फरार रहेका उनलाई बुधबार प्रहरीले ओलानी स्थित गौडी बजारमा हिडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ गरिएका कामीलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.