कञ्चनपुरमा तरबुजा चोरीको आरोपमा बालकलाई बाँधेर कुटपिट

कञ्चनपुर  : कञ्चनपुरमा तरबुजा चोरीको आरोपमा एक बालकमाथि कुटपिट भएको छ । बेदकोट–५ धरमपुरस्थित मामा घर बस्दै आएका ११ वर्षीय बालक तपेन्द्र भण्डारीमाथि कुटपिट भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ती बालकको हातखुट्टा बाँधेको देखिन्छ । प्रहरीका अनुसार स्थानीय ३८ वर्षीय भोज नाथले हातखुट्टा बाँधेर ती बालकमाथि कुटपिट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार घटना बुधबारको हो । वडा नम्बर–५ को पोल्खरीस्थित चौधर नदी छेउमा ती बालक खेलीरहेका थिए । सोही क्रममा आफ्नो करेसाबारीबाट तरबूजा चोरी गरेको भन्दै नाथले बालकलाई निर्घात कुटपिट गरेको बताइएको छ ।

डीएसपी शाहीले नाथलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा सात दिन म्याद थप गरिएको जानकारी दिए । नाथले बालकलाई कुकुर लगाएर लखेटेको पनि बताइएको छ । आमाबाबु भारतमा रहेका बालक मामाघरकी हजुरआमासँग बस्दै आएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.