अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिका–सुखडमा विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ । सुप्रसिद्ध शिवशक्ति बाबाको दिव्य उपस्थितिमा सञ्चालन हुने उक्त कार्यक्रम मानव जीवनमा देखिने रोग, पीडा, मानसिक तनाव तथा विभिन्न संघर्षबाट मुक्ति दिलाउने उद्देश्यसहित आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार कार्यक्रम आगामी जेठ ३, ४ र ५ गतेसम्म सञ्चालन हुनेछ। हरेक दिन बिहानैदेखि सुरु हुने कार्यक्रममा देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा शिवशक्ति बाबाको विशेष उपस्थिति रहनेछ भने सहभागीहरूलाई आध्यात्मिक साधना, आशीर्वाद तथा जीवनलाई सकारात्मक दिशातर्फ डोर्याउने प्रेरणा प्रदान गरिने बताइएको छ ।
पछिल्लो समय मानिसहरूमा बढ्दो मानसिक तनाव, रोगव्याधि तथा जीवनप्रतिको निराशालाई मध्यनजर गर्दै यस्ता आध्यात्मिक कार्यक्रमहरू प्रभावकारी हुने विश्वास आयोजकको छ। विशेषगरी दुःखी, गरिब तथा विभिन्न रोगबाट पीडित व्यक्तिहरूलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रम अवधिभर सहभागी भक्तजनहरूलाई स्वास्थ्य, शान्ति, समृद्धि तथा कल्याणको आशीर्वाद प्रदान गरिनेछ। यसले सहभागीहरूमा सकारात्मक ऊर्जा र नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा यस्ता कार्यक्रमहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आपसी एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने विश्वास गरिएको छ। आयोजकले सबै श्रद्धालुहरूलाई श्रद्धा र विश्वासका साथ कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन आग्रह गरेको छ ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ९८२४९५१२५२ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।