अत्तरिया : कैलालीको गोदावरी–४ बुढीतोलामा जारी बुढीतोला पर्यटन महोत्सव आज गायिका सम्झना शाह लगायत कलाकारहरूको प्रस्तुति रहने भएको छ।
बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा जारी महोत्सवमा आज बुधबार २३ गते लोकप्रिय गायिका सम्झना शाह सँगै गायक रविन एस के, तथा गायक सुरेन्द्र पन्तको प्रस्तुति रहने आयोजकले जनाएको छ। त्यसैगरी मोडल सिमा खड्काको प्रस्तुति समेत रहने भएको छ।
यस्तै महोत्सव कार्यक्रम उद् घोषिका रेखा धानुक र उद्घोषक गुणाकर पन्त रहने छन्। महोत्सवले पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा आर्थिक गतिविधि विस्तारमा गर्ने उद्देश्य रहेको छ।