धनगढी : गोदावरी नगरपालिका वडा नं ३ मालाखेती स्थित ग्वासी मा वि र नवज्योति माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
बुधबार अत्तरिया मिडिया प्रा. लि. को आयोजना तथा गोदावरी नगरपालिका वडा नं. ३ को सहयोगमा लागूऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियोे ।
उक्त कार्यक्रममा लागूऔषध न्यूनीकरण, युवालाई लागूऔषध सेवनबाट जोगाउन पूर्वतयारीका उपाय, तथा पछिल्लो समय बढ्दो लागूऔषध प्रयोगको रोकथाम सम्बन्धी विषयमा सचेतना फैलाएको थियोे ।
यस्तै कार्यक्रमको मूख्य प्रशिक्षक रूपमा प्रहरी कार्यालय चौकिडाँडा बिटका प्रहरी सहायक निरीक्षक महेश सिंह भण्डारी रहेका थिए । भने सहायक प्रशिक्षकमा गोपाल जोशी रहेका थिए ।
नवज्योति मावि र ग्वाशी माविमा संचालन गरिएको कार्यक्रममा कक्षा ९, १०, ११ र १२ गरी १६० भन्दा बढी विद्यार्थीहरुलाई सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तेज राज अवस्थीले लागूऔषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम विद्यार्थी जीवनका लागी अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले कार्यक्रमबाट विद्यार्थीहरूले आवश्यक ज्ञान र सचेतना प्राप्त गरी आफ्नो जीवनलाई सही दिशामा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले शिक्षकको मार्ग दर्शनलाई आत्मसात् गर्दै अनुशासनमा बस्ने विद्यार्थी नै इमानदार, सक्षम र उत्कृष्ट बन्न सक्ने धारणा ब्यक्त गरे । साथै यस कार्यक्रमबाट प्राप्त सन्देशलाई व्यवहारमा उतार्दै उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन विद्यार्थीहरूलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा ग्वासी मावि विद्यालयकी प्रधानाध्यापक शान्ति देवी भट्टले लागूऔषध दुव्र्यसन सम्बन्धी जनचेतनामूलक आयोजक अत्तरिया मडियाले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमको प्रशंसा गर्दै यसलाई सहारनीय कार्यको गरेको बताईन् । सहभागी विद्यार्थीहरूले यसबाट सकारात्मक सन्देश ग्रहण गरी व्यवहारमा उतार्ने विश्वास व्यक्त गरिन् ।
साथै समाजमा कसैले नकारात्मक क्रियाकलाप गरिरहेको जानकारी पाएमा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराउन समेत आग्रह गरिन ।
सम्बन्धित पाेस्टहरु