सुदूरपश्चिममा एमाले दलको नेता परिवर्तन बारे गुण्डु बैठक कुनै निर्णय बिना नै टुंगियो

धनगढी  : सुदूरपश्चिममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवाद समाधान गर्न बोलाइएको गुण्डु बैठक बिना निर्णय टुंगिएको छ। संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई हटाउने विषयमा बुधबार बिहान ११ बजेदेखि केन्द्रीय नेतृत्वको पहलमा छलफल भए पनि निष्कर्ष निस्कन सकेन।

बैठकमा सहभागी एक नेताका अनुसार रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि उनलाई दलको नेताबाट हटाउने प्रयास भइरहेको भए पनि त्यसले अझै मूर्त रूप लिन सकेको छैन।

विवाद चर्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका ११ जना सांसदलाई गुण्डुमा बोलाएर छलफल गरेका थिए। बैठकमा नेताहरुबीच सहमति जुट्न नसकेपछि अब पर्सि पुनः बैठक बसेर अन्तिम निर्णय गर्ने तयारी गरिएको छ। आज माननीयहरुले आफ्ना कुराहरु ओलीसमक्ष राखेका थिए।

यसअघि २०८२ चैत १४ गते पक्राउ परेपछि उपचारका क्रममा रहेका अध्यक्ष ओली अपरेशनपछि घरमै आराममा थिए। करिब ३९ दिनपछि उनी सक्रिय राजनीतिमा फर्किएर पार्टीको आन्तरिक विवाद समाधानमा जुटेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.