अत्तरिया : गोदावरीमा नगरपालिका वडा नं १, आदर्श टोल निवासी छविन्द्र नाथ योगी अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सचिव पदका स-सक्त उम्मेदवारीका रुपमा आफ्नो दावी गरेका छन् ।
लामो समयदेखि सामाजिक तथा खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका योगी इमानदार, जिम्मेवार तथा समाजसेवामा समर्पित युवा नेतृत्वका रूपमा परिचित छन्। उनले अत्तरिया खानेपानी संस्थालाई अझ व्यवस्थित, पारदर्शी तथा देशकै नमुना खानेपानी संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।
शनिबार हुने अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र खड्काको प्यानलबाट योगी सचिव पदमा प्रतिस्पर्धा गर्दैछन्। उनले सम्पूर्ण उपभोक्तालाई आफू र आफ्नो टिमलाई अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन्।
योगीले खानेपानी व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत आधुनिक बनाउने योजना अघि सारेका छन्। खानेपानी महसुल व्यवस्थापनलाई प्रभावकारी बनाउने, सुक्दै गएका डिप बोरिङको दीर्घकालीन समाधान खोज्ने तथा वैकल्पिक रूपमा नदी र मूल स्रोतबाट पानी ल्याउने रणनीतिमा आफ्नो टिम केन्द्रित रहने उनले बताएका छन्।
स्थानीय लगायत उपभोक्ताहरूले पनि छविन्द्र नाथ योगी जस्ता समाजसेवी युवालाई खानेपानी संस्थाको नेतृत्व तहमा पुग्न आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार संस्थाको दीर्घकालीन विकास, पारदर्शिता र प्रभावकारी व्यवस्थापनका लागि सक्षम तथा सक्रिय युवा नेतृत्वको आवश्यकता रहेको बताउँछन।
यस्तै कोरोना महामारीका समयमा समेत योगीले आफ्नो ज्यान जोखिममा राखेर खाद्यान्न वितरण, समस्यामा परेका व्यक्तिहरूको उद्धार तथा क्वारेन्टिनमा पुगेर सेनिटाइजर, मास्क लगायत स्वास्थ्य सामग्री वितरण गरेका थिए। सामाजिक सेवामार्फत उनले समुदायमा उल्लेखनीय योगदान पुर्याएका छन्।
यसका साथै, पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूको प्रचारप्रसार गर्दै ती स्थानलाई राष्ट्रियस्तरमा चिनाउने अभियानमा समेत योगी सक्रिय रहँदै आएका छन्।