नवजीवन सहकारीको अध्यक्षका प्रतिस्पर्धी उम्मेदवार घनबहादुर शाह

धनगढी  : नवजीवन सहकारी संस्था लिमिटेडको ३२ औँ वार्षिक साधारणसभा अन्तर्गत जेठ ९ गते हुने निर्वाचनका लागि घनबहादुर शाह नेतृत्वमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्ति सहितको बलियो टीम बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएको छ ।

शाह नेतृत्वको टीमले पारदर्शिता, सुशासन र सदस्यको आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाउँदै निर्वाचनमा होमिएको हो । शाह नेतृत्वको टीममा लामो समयदेखि सामाजिक तथा सरकारी सेवामा अनुभव प्राप्त व्यक्तिहरु रहेका छन् ।

शाह नेतृत्वको टीमको उपाध्यक्षमा ईश्वर जोशी रहेका छन् । उनी लामो समयदेखि लेखापरिक्षको रुपमा काम गर्दै आएका सक्षम व्यक्तिको रुपमा चिनिन्छन् । सञ्चालक समितिको सदस्यमा नवजीवन सहकारी संस्थामा शाखा प्रबन्धकका रुपमा २५ वर्षसम्म कार्यरत रही हाल विभिन्न सामाजिक संघ संस्थासँग आवद्ध धनञ्जय भट्ट रहेका छन् ।

यस्तै सार्वजनिक भएको विवरण अनुसार सञ्चालक समिति सदस्यमा दीर्घबहादुर शाहरहेका छन् । उनी विगत ३० वर्षदेखि कृषिविकास बैंकको विभिन्न शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत रही हाल सेवा निबृत्त रहेका छ् ।

सञ्चालक समिति सदस्यमा लक्ष्मीनारायण चौधरी रहेका छन् । उनी भादा होमस्टेका परिकल्पनाका अध्यक्ष तथा सामाजिक अभियन्ता हुन् । यस्तै सञ्चालक समिति सदस्यमा गोदावरीका विक्रम विश्वकर्मा रहेका छन् । उनी विभिन्न संघ संस्थामा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्ति हुन् । यस्तै लेखा समिति सदस्यमा जेसिज तथा विभिन्न संघ संस्थामा आवद्ध रहदै आएकी पबित्रा पाण्डे रहेकी छन् ।

लेखा समिति संयोजक तथा सुपरिवेक्षण समितिमा ३० वर्ष सरकारी सेवामा कार्यरत रही लेखा अधिकृत पदबाट सेवा निबृत्त भएका चेतराज ओझा रहेका छन् । अध्यक्ष पदका प्रत्यासी शाहले आफू नेतृत्वको टीममा विभिन्न क्षेत्रमा रही लामो समयदेखि काम गर्दै आएका व्यक्ति रहेकोले टीम अब्बल रहेको प्रतिक्रिया दिए ।

उनले सहकारीको पुँजीलाई सुरक्षित राख्दै सदस्यहरूको आर्थिक स्तर उकास्ने, स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र संस्थालाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता टीमको रहेको बताए । उनले संस्थाका सबै वित्तीय कारोबारलाई पारदर्शी बनाउने र सदस्यहरूको विश्वास मजबुत पार्ने लक्ष्य पनि आफ्नो अब्बल टीमको रहेको बताए ।

शाहका अनुसार नवजीवन सहकारीलाई डिजिटल युगअनुसार आधुनिक सेवा दिने संस्थाका रूपमा विकास गरिनेछ। साथै, बचत तथा ऋण कारोबारमा मात्र सीमित नरही सदस्यहरूको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा समेत सहकारीको योगदान बढाइने योजना रहेको बताए ।

आफ्नो टीममा विभिन्न क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तिले निष्ठा र प्रतिबद्धतालाई आधार बनाउँदै शाहले सम्पूर्ण सेयर सदस्यहरूलाई आफ्नो टिमलाई मतदान गरी विजयी गराउन अपिल गरे । उनले “सुदृढ नवजीवन, समृद्ध सदस्य” आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्दै एक भोटले सहकारीको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.