बुढीतोला महोत्सवमा आज चर्चित गायिका एलिना चौहान लगायत कलाकारहरूको प्रस्तुति रहने

अत्तरिया : गोदावरी–४ बुढीतोलामा आज शुक्रबार चर्चित गायिका एलिना चौहान लगायत कलाकारहरूको प्रस्तुती रहने छ।

बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा जारी महोत्सवमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुती सँगै गायक विक्रम चौधरी, रिसी राज राना, मोडल पुष्पा बोहरा लगायत कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

महोत्सवले पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्य रहेको छ। यस्तै गोदावरी नगरपालिका वडा नं ४ बुढीतोलालाई पर्यटक क्षेत्र प्रवर्द्धन लागी बुढीतोलाका विभिन्न क्षेत्रमा सुहाउँदो परम्परा झल्किने ढुङ्गे चित्र, क्षेत्र अनुुसार नाम चिनाएको, पर्यटक स्थलहरूको आर्कषक प्रदर्शन गर्दै युवाहरुले पर्यटन प्रवर्द्धनका लागी जमर्क गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.