बाजुरामा भीरबाट खसेको ढुंगा लाग्दा महिला वडा सदस्यको मृत्यु

बाजुरा  : बुढीगंगा नगरपालिका की महिला वडा सदस्यको भीरबाट खसेको ढुंगा लागेर ज्यान गएको छ। मंगलबार साँझ करिब ५ः३० बजे बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजारबाट घर फर्किंदै गरेकी वडा सदस्य ३७ वर्षीया कल्पना देवी थापा दुर्घटनामा परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पैदल हिँडिरहेका बेला माथिल्लो भिरबाट अचानक खसेको ढुंगाले लागेपछि थापा करिब ५० मिटर तल सडकतर्फ खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयबासीले घटनाबारे प्रहरी कन्ट्रोल कक्षमा खबर गरेपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको नेतृत्वमा टोली परिचालन गरिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट समेत थप प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.