अत्तरिया : कृष्णपुर नगरपालिका–गुलरियास्थित कञ्चनजंगा अंग्रेजी माध्यमिक विद्यालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः प्रमाणित गरेको छ।
विद्यालयका १२ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन् भने समग्र नतिजाले विद्यालयलाई क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गरेको छ।
विद्यालयबाट सहभागी विद्यार्थीमध्ये सरद ओझाले सर्वाधिक ३.९५ जीपीए ल्याउँदै विद्यालयकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएका छन्। त्यस्तै निराजन जोशी र उत्सव जोशीले समान ३.८८ जीपीए, प्रेम बोहरा र दिपेश ऐरले ३.७९ जीपीए प्राप्त गरेका छन्।
यस्तै पूर्ण ब. कार्कीले ३.७२, प्राप्ति देउवाले ३.७१, बिनित चन्दले ३.७०, दिनेश ब. पालले ३.६७, दिव्या भाटले ३.६६, निमेष चौधरीले ३.६३ तथा प्रशान्त भट्टले ३.६१ जीपीए हासिल गर्दै विद्यालयको गौरव बढाएका छन्।
उत्कृष्ट नतिजाप्रति विद्यालय प्रशासनले खुशी व्यक्त गर्दै सफल सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकलाई बधाई दिएको छ। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र आधुनिक शिक्षण पद्धतिमार्फत अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ।
विद्यालयको यस सफलताले कृष्णपुर नगरपालिका तथा सुदूरपश्चिम प्रदेशकै शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको स्थानीयले बताएका छन्।