निर्माण व्यवसायी संघ कैलालीको नयाँ नेतृत्व द्वारा सपथग्रहरण तथा पदस्थापन

धनगढी  : निर्माण व्यवसायी संघ कैलालीको २९ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको सपथग्रहण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
बैशाख २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष दीर्घराज जोशीसहित पदाधिकारी तथा सदस्यहरुलाई विशेष समारोहबीच सपथ ग्रहण गराइएको हो । कार्यक्रममा निर्माण व्यवसायी, विभिन्न संघसंस्था तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेठीले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्माण व्यवसायीहरुको हकहित संरक्षण, व्यवसायिक एकता र निर्माण क्षेत्रको दिगो विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले निर्माण क्षेत्र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै गुणस्तरीय काम, पारदर्शिता र व्यवसायिक मर्यादालाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए । साथै उनले निर्माण व्यवसायीहरुले बदलिँदो समयसँगै व्यवसायिक दक्षता र जिम्मेवारीलाई थप मजबुत बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा निर्माण व्यवसायी सुदूरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मणबहादुर स्वार, जिल्ला अध्यक्ष टेकबहादुर मल्ल लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुले पनि नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै संघलाई अझ प्रभावकारी, व्यवसायीमैत्री र सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष दीर्घराज जोशीले व्यवसायीहरुको हकहित संरक्षण, निर्माण क्षेत्रका समस्या समाधान तथा व्यवसायिक एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.