अत्तरिया : एनएमबी बैंक अत्तरिया शाखाले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय अत्तरियालाई डेक्सबेन्च फर्निचर डेक्सबेन्च हस्तान्तरण गरेको छ।
आज शुक्रबार बैङ्कद्वारा विद्यालयलाई ५ लाख बराबरको ६० सेट मेटल बेन्च फर्निचर डेक्सबेन्च हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै एनएमबी बैंक का सिनियर एरिया म्यानेजर अमन जोशीले बैंकको सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरिएको जानकारी दिए।
उनले यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता पुग्ने विश्वास व्यक्त गर्दै बैंकले आगामी दिनहरूमा पनि विद्यालय लगायत आवश्यक क्षेत्रहरूमा सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दत्त भट्टराईले दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय आफ्नो गौरवपूर्ण इतिहास निर्माणको यात्रामा अघि बढिरहेको बताए।
उनले समाजका विभिन्न संघसंस्था तथा व्यक्तिहरूसँग सहकार्य गर्दै विद्यालयको सर्वाङ्गीण विकासका लागि निरन्तर प्रयासरत रहेको बताए। विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने सम्पूर्ण संस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा थप सहयोग तथा समन्वयलाई अझ प्रभावकारी बनाइने बताए।
अध्यक्ष भट्टराईले विद्यालयले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै शैक्षिक सुधारसँगै खेलकुद क्षेत्रको विकासमा पनि विशेष ध्यान दिइरहेको जानकारी दिए। उनले निकट भविष्यमा विद्यालयमा दक्ष खेल प्रशिक्षक ल्याउने तयारी भइरहेको समेत बताए। उनले सहयोगी एनएम बि बैंकलाई अगामी आर्थिक वर्षमा यस बिद्यालयमा अध्ययनरत अनुशासित, चरित्रवान, विपन्न विद्यार्थीहरूलाई झोला , ड्रेस, कपीकिताब लगायत आवश्यक छात्रवृत्ति को व्यवस्था समेत गरिदीनु हुन् अनुरोध गरेकोे बताए।