धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’, विकास र समृद्धिमाथि गहन बहस हुने

अत्तरिया  : कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदैछ। सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सञ्चालन हुन लागेको उक्त कार्यक्रम आइतबारसम्म चल्नेछ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिएका छन्। कचहरीको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने कार्यक्रम तय गरिएको छ।

प्रदेशको समग्र विकास, समृद्धि तथा नीतिगत सुधारका विषयमा केन्द्रित रहने कचहरीमा विकासका विविध आयाम, अवसर र चुनौतीबारे सरोकारवालाबीच गहन छलफल हुने आयोजकले जनाएको छ।

यस कार्यक्रमले सुदूरपश्चिम प्रदेशको सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.