गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन सबैको साझा जिम्मेवारी : मुख्यमन्त्री शाह

अत्तरिया  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकार,गणतन्त्र दिवस समारोह समितिले शुक्रबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उउनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय एकता,सुशासनमार्फत समृद्ध नेपाल निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको समेत बताए । उनले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले संघीय शासन प्रणालीमार्फत अधिकारलाई केन्द्रबाट गाउँगाउँसम्म विस्तार गरेको बताउँदै गणतन्त्रले राज्यसंयन्त्रमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गरेको बताए ।

त्यस्तै उनले प्रदेश सरकार जनताको विकास र समृद्धिको चाहानालाई सम्बोधन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
उनले प्रदेश सरकारले रोजगारी सिर्जना,पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,कृषि आधुनिकीकरण,उद्यमशीलता प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताए ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले नेपाली जनताको निरन्तर संघर्ष र परिवर्तनको तीब्र चाहानाले गणतन्त्र स्थापना भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.