धनगढी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर-गड्डाचौकी खण्ड स्तरोन्नतिका लागि अध्ययन हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्षमा सडक स्तरोन्नतिका लागि अध्ययन सम्पन्न गर्ने बताएका हुन् ।
यसअघि २०८२-०८३ को बजेट भाषणममा चालु वर्षभित्रै स्तरोन्नतिको काम सुरु हुने बताइएको थियो । पूर्वपश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया खण्ड स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सुरु गरिने छ । त्यसका लागि २१ अर्ब १९ करोड विनियोजन गरेको छु, चालु वर्षको बजेट भाषणामा भनिएको थियो।