शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१ असारमा सिनेट बस्ने

अत्तरिया  : नेपालको एकमात्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति गर्न ३१ असारमा सिनेट बैठक बस्ने भएको छ ।

शिक्षा तथा खेलकूद मन्त्रालय निकट स्रोतकाअनुसार विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१ असारको बिहान १० बजे शिक्षा मन्त्रालयमा सिनेट बैठक तय भएको छ । ‘३१ असार विहान १० बजे मन्त्रालयमा सिनेट बैठक बस्ने तय भएको छ’ मन्त्रालय स्रोतले भन्यो । विश्वविद्यालय ऐनअनुसार पदाधिकारी नियुक्तिको लागि सिफारिस समितिले नाम सिफारिस गरिसकेको छ । स्रोतकाअनुसार समितिले उपकुलपतिका लागि दुई जना र रजिष्ट्रारका लागि तीन जनाको नाम सिनेटलाई सिफारिस गरिसकेको छ ।

सिनेटले सिफारिसमध्येबाट एक जनालाई उपकुलपति र एक जनालाई रजिष्ट्रार नियुक्त गर्नेछ । अन्य विश्वविद्यालयभन्दा फरक यो विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने अधिकार सिनेटमा छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.