अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नैन सिंह कार्कीले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।
आज (बिहिबार) अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत भट्टराईले आफ्नो नेतृत्वमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने टोली घोषणा गरेका हुन् ।
कार्की नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद गौतम, वाणिज्य उपाध्यक्षमा पुर्ण प्रसाद चौलागाईं, वस्तुगत उपाध्यक्षमा लहानु चौधरी, महासचिवमा प्रकाश कुवँर, सचिवमा मनोज परियार र कोषाध्यक्षमा दिपक प्रकाश न्यौपाने उम्मेदवार रहेका छन् ।
यस्तै सदस्य पदका लागि सुर्य खत्री, पदम बोहरा, डल्लु राना मगर र चन्द्रा रावत उम्मेदवार बनेका छन् । अत्तरिया उद्योग वाणिज्य संघमा हाल १ हजार २४ जना सदस्य आबद्ध छन् । संघको साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि असार २७ र २८ गते कार्यक्रम तय गरिएको छ । निर्वाचनका लागि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको समयसीमा तोकिएको थियो ।