अत्तरिया : नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ । बुधबार बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका हुन् ।
उनले राष्ट्रिय भेलाबाट आवश्यक निर्णय लिइने बताए । ‘मलाई भेट्न आउने कार्यकर्ताहरूले तपाईं नेताहरूले धेरै ढिला गर्नुभयो भनिरहेका छन्, तर हामी त्यसै सुतेर बसेका छैनौं,’ नेता सिंहले भने ।
साउन २९ अगावै विशेष महाधिवेशनबाट नेतृत्वमा आएका पार्टी सभापति गगन थापासँग सहमति नभए कांग्रेस विभाजनमा जाने कार्यक्रममा नेताहरूले चेतावनी दिएका थिए ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आत्मसम्मान बिर्सेर समर्पण नगर्ने बताएका छन् ।