अत्तरिया : अभियन्ता वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट भ्रम फैलाएको भन्दै उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी दिलिप कुमार अधिकारीले जानकारी दिए ।
कथावाचिका राधिका दासीको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरीले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको छ ।
आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने केसी पछिल्लो समय मुख्यतः धार्मिक माताका रूपमा चिनाउने व्यक्तिहरूका सम्बन्धमा सामाजिक सञ्जालमार्फत आफ्ना भनाइहरू राख्दै आएकी थिइन् ।