अत्तरिया : कैलालीमा खोलामा डुबर एक बालकको मृत्यु भएको छ । आईतबार जिल्लाको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित साथीहरूसँगै खोलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलीम धामी डुबेका थिए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले तत्काल खटिएको टोलीले उनलाई तत्काल उद्दार गरेको बताए तर उनको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको महराले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।