भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ  : नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघको राष्ट्रिय परिषद् बैठकले विभिन्न माग राखी आन्दोलनमा जाने निर्णय गरेको हो ।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार भदौबाट आन्दोलन गर्ने निर्णय भइसकेको र आन्दोलनका थप कार्यक्रम तथा तिथि(मिति आगामी विस्तारित कार्यालय बैठकले तय गर्नेछ ।

नयाँ शिक्षा ऐन अविलम्ब जारी हुनुपर्ने र शिक्षा नियमावलीको १० औँ संशोधनका कतिपय प्रावधानप्रति महासंघले असहमति जनाएको छ । “नयाँ शिक्षा ऐन जारी हुनुपर्छ र दशौँ संशोधनमा समेटिएका प्रावधानहरू शिक्षक हितअनुकूल छैनन्,” महासचिव थापाले भने ।

महासंघले शिक्षक सरुवा प्रणाली, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन हुनुपर्ने माग दीर्घकालदेखि अघि सार्दै आएको छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने महासंघको चेतावनी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.