सुर्खेतमा महिला कर्मचारी मृत्यु प्रकरण, नायब सुब्बा अनुसन्धानका लागि पक्राउ

सुर्खेत  : एकीकृत कृषि प्रयोगशालामा कार्यरत चन्द्रा सिंहको अस्वाभाविक मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा कविलाल बिसीलाई प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा नियन्त्रणमा लिएको छ।

श्रीमान् महेश बस्नेतको किटानी जाहेरीका आधारमा साउन १६ गते बीसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सिंह र बिसीबीच फेसबुकमा भएका केही शंकास्पद च्याट फेला परेको प्रहरीको भनाइ छ। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.