अत्तरिया : कैलालीमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका छन् । आज बिहिबार बिहान गोदावरी नगरपालिका ४ स्थित गोदावरी बनदेवि फाईरिङ रेन्जमा देविदल गण आर्मी ब्यारेक तेघरीमा संचालन भएको सैन्य तालीमकाक्रममा प्लाष्टिक ह्याण्ड ग्रिनेट बम विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन् ।
घाइते हुनेमा सहायक सेनानी बिक्रम कार्की र सैनिक जवान रंजित थारु रहेका छन् । उनीहरुको आर्मी अस्पताल बोराडाडीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महराले जनाएका छन् । दुवैको अवस्था मध्यम रहेको जनाइएको छ ।