धनगढीको केजी अस्पतालमा महिलाको मृत्यु, २२ लाखमा भयो सहमती

धनगढी  : धनगढीस्थित केजी अस्पतालमा पथ्थरीको शल्यक्रियाका क्रममा कञ्चनपुरको कृष्णपुर नगरपालिका १ सुन्दरी फाँटाकी करिब ४५ वर्षीया समारी देवी चौधरीको मृत्यु भएपछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच २२ लाख रुपैयाँमा सहमति भएको छ।

पथ्थरीको समस्याका कारण अस्पतालमा भर्ना भएकी चौधरीको साउन २१ गते शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनको मृत्यु भएपछि आफन्तले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पतालमा विरोध जनाएका थिए।

घटनापछि अस्पताल प्रशासन, मृतकका परिवार तथा अन्य सरोकारवालाबीच भएको छलफलमा २२ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको स्रोतले जनाएको छ। सहमतिपछि आन्दोलन र विवाद पनि साम्य भएको बताइएको छ।

यद्यपि, चौधरीको मृत्युको वास्तविक कारणबारे अस्पतालले विस्तृत सार्वजनिक धारणा दिएको छैन भने आफन्तले सुरुमा उपचारमा लापरवाही भएको आरोप लगाएका थिए।

आफन्तहरू आएपछि तनावपूर्ण बनेको केजी अस्पताल परिसरमा सुरक्षाकर्मीहरू बिहानले पहरा दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.