साउनको अन्तिम सोमबार : शिवालयमा ब्रतालुहरुको घुइँचो

अत्तरिया  : आज साउन महिनाको अन्तिम सोमबार, नदी तथा शिवालयहरुमा श्रद्धालुहरुको विहानदेखि भिड लागेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।

कैलालीको वेहडाबाबा, गोदावरी धाम, शिवपुरी धाम लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । उनीहरुका अनुसार सोमबारको दिन त्रयोदशी तिथी परेमा सोमप्रदोष भनिन्छ ।

‘प्रदोष’ भनेको सामान्यतस् सूर्यास्त अघिरपछिको विशेष समय हो, जुन शिवपूजाका लागि शुभ ठानिन्छ । प्रदोषकाल, अर्थात् साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ । यस दिन दूध, दही, घ्यु, बेलपत्रले पूजा गर्दै पहेँलो चिज चढाएमा शुभ हुने बताइन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.