टेस्ट ड्राइभका नाममा अत्तरियाबाट चोरी भएको मोटरसाइकल महेन्द्रनगरको ग्यारेजमा भेटियो

अत्तरिया  : कैलालीको अत्तरियाबाट टेस्ट ड्राइभ गर्ने बहानामा चोरी भएको मोटरसाइकल कञ्चनपुरको महेन्द्रनगरमा फेला परेको छ।

अत्तरियास्थित बाबु अटो सेल्स बाट टेस्ट ड्राइभ गर्ने बहानामा लगिएको सुप्र ०१–०१२ प ७६७२ नम्बरको मोटरसाइकल महेन्द्रनगरस्थित एक ग्यारेजमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल लिएर गएका व्यक्तिले भीमदत्त नगरपालिकाको त्रिवेणी चोकस्थित अवय अटो सप मा मोटरसाइकल सर्भिस गर्न भन्दै छाडेका थिए। केही समयपछि उनले ‘एकछिन फोन गर्छु’ भन्दै अटो सप सञ्चालकसँग मोबाइल मागेका थिए।

मोबाइल लिएपछि ती व्यक्ति मोटरसाइकल अटो सपमै छाडेर मोबाइलसहित फरार भएको प्रहरीले जनाएको छ। अटो सप सञ्चालकले मोबाइल चोरी भएको जानकारी प्रहरीलाई गराएपछि अनुसन्धानका क्रममा अत्तरियाबाट चोरी भएको मोटरसाइकल त्यही क्षेत्रमा रहेको खुलेको हो। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

मोबाइल लिएर फरार भएका व्यक्तिको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.