अत्तरिया : कैलालीमा एक कुखुरा फर्म जलेर नष्ट भएको छ । जिल्लाको गोदावरी नगरपालिका ५ गेटा बस्ने ३३ वर्षीय शंकर ऐरको खाली कुखुरा फर्ममा बिजुलीको तार सर्ट भई सोमबार आगलागी हुँदा कुखुराको फर्म जलेट नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट अन्दाजी रु. २ लाखा ५० हजार बराबरको क्षति भएको जनाइएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको जनाएको छ ।