घाँस काट्ने क्रममा लत्रिएको विद्युत् तार काटिँदा करेन्ट लागेर कञ्चनपुर बेलौरीकी पन्तको मृत्यु

अत्तरिया  : कञ्चनपुर बेलौरीमा घाँस काट्ने क्रममा लत्रिएको विद्युत् तार काटिँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

बुधवार बिहान बेलौरी नगरपालिका ६ भुराकोटकी ५३ वर्षीय अनिता पन्तको नौगाउँस्थित खेतमा घाँस काट्ने क्रममा विद्युत् पोलबाट घरमा लगिएको सप्लाई भुईँमा लत्रिएको तार काटिएर करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

खेतमा लत्रिएको विद्युत् तार काटिँदा करेन्ट लागेपछि स्थानीयले देखेर पन्तलाई उपचारका लागि जगदम्बा अस्पताल बेलौरी पु¥याइएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.