देउवाले भने– ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?

अत्तरिया  : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली जनता र अदालतप्रति भरोसा भएको बताएका छन् ।

हङकङबाट फर्किएलगत्तै निवासमा जम्मा भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको हुँ,” देउवाले भने, “शाही आयोगले पनि जेलमा पठाएको हो । अहिले यहाँको अदालतले पनि शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू भन्यो । सम्पत्ति शुद्धीकरणले केही छैन भन्यो । यो देशमा जनता, अदालत छ । हामीले देखाउँछौँ । राजा ज्ञानेन्द्रले सकेनन् अरुले सक्छ यहाँ रु”

उनले संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको टिप्पणी गर्दै भने, “नेपाली जनता मालिक हुन् । जनताले जे भन्यो त्यही हुन्छ । अदालतप्रति मलाई पूरा विश्वास छ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.