बाजुरा ताम्सु पहिरो बेपत्ता युवती मृत अवस्थामा फेला

बाजुरा  : बाजुरा त्रिवेणी नगरपालिका–९ ताम्सुमा गएको पहिरोमा परी बेपत्ता भएकी २० वर्षीया प्रतीक्षा थापा मृत अवस्थामा फेला परेका छन । बुधबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण बिहीबार राति ताम्सुमा गएको पहिरोले दुई वटा घर पूर्णरूपमा पुरेको थियो। घर पुरिँदा स्थानीय कर्ण थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी थिइन्।

बेपत्ता प्रतीक्षाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले रातिदेखि नै उद्धार अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा प्रतीक्षालाई पहिरोले पुरिएको अवस्थामा घटनास्थलमै मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

पहिरोमा परी अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा स्थानीय ४० वर्षीय धर्म थापा र ४० वर्षीया नै धौलीदेवी रावल रहेका छन्।

घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले जानकारी दिएका छन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.