अत्तरिया : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गरेका छन । भट्ट मुख्यमन्त्री नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेकपा एमाले सरकारमा सहभागी भएको छ।
एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन्।
एमालेबाट सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री,चक्र मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख नजिर मियाँ र राज्यमन्त्रीलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनियताको शपथ गराएका हुन । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन ।