कञ्चनपुर लागूऔषधसहित ३ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाटाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० भुवन महरा, १९ वर्षीय उत्तम कठायत र २६ वर्षीय खगेन्द्र राज बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी बागफाटा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई शनिबार साँझ पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.