अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा अवस्थित किसान कृषि सहकारी संस्थाको अध्यक्षमा सुना रोकाया चयन भएकी छिन्।
शनिवार सम्पन्न सस्थाको ११ औँ साधारण सभाबाट संस्थाको अध्यक्षतामा सुना रोकायालाई निर्विरोध चयन गरीएको होे। अध्यक्ष पदमा निर्बाचित रोकाया स्थापना काल देखि संस्थाको प्रबन्धकको भार सम्हाल्दै आईरहेकि थिईन्। यस्तै संस्थाको उपाध्यक्षमा कुन्ती भाट क्षेत्री, सचिवमा कमला साउँद, कोषाध्यक्षमा तारा खड्कालाई चयन गरिएको छ।
संस्थाको सदस्यहरुमा यदु भट्ट, लक्ष्मी कठायत बिष्ट र दूर्गा खड्का चन्द रहेका छन्। साथै लेखा समिति इन्द्र खड्काको संयोजकत्वमा सदस्य बंश राम चौधरी र राधा देवी ऐर रहेका छन्।