चिफ्ले झरनामा खसेर बेपत्ता भएका युवक मृत अवस्थामा फेला

धनगढी  : कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो करिब ४ बजेतिर चुरे गाउँपालिका–५ स्थित सुरुंगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएका थिए।

आइतबार दिउँसो झरनाबाट करिब ५ सय मिटर तल पन्तको शव फेला परेको प्रहरीले जनाएको छ। उनको खोजीमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.