अत्तरिया बसपार्कमा बसले किच्दा एक महिलाको घटनास्थलमा नै मृत्यु

अत्तरिया  : कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका-१ की ३५ वर्षीया सिन्की बोहराको बसले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख ९५६ नम्बरको बसले किचेको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार घटनापछि बस चालक दार्चुलाको मालिकार्जुनका रोहितसिंह धामीलाई नियन्त्रणमा लिइएको छ । बससमेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अत्तरियामा राखिएको प्रहरीले छ । मृत्युपछि आक्रोसित भिडले इलाका प्रहरी कार्यालय मालाखेतीमा समेत ढुङगामुढा गरेका थिए । केहि समय राजमार्ग समेत बन्द गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.