अत्तरिया : प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ जानकारी दिएका छन्।
उनले अन्य जिल्लाहरूबाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ परिचालन भैसकेको पनि बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न भनिएको छ। अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ।’